एक्ट्रेस एन्जेलिना जोलीले यस पटक न्यू ईयर आफ्नो ६ बच्चाको साथमा सेलिब्रेट गरेकी छिन् । हलीउड अभिनेता ब्राण्ड पिटसँग सम्बन्ध विक्षेद गरेपछि एन्जेलिनाले पहिलो पटक न्यू ईयर मनाएकी हुन । यो पहिलो पटक थियो जब एन्जेलिना र ६ बच्चाको साथमा ब्राण्ड पिट थिएनन् । गएको बर्ष हलीउड कपल ब्राण्ड पिट र एन्जेलिना जोलीको ११ बर्षे बैबाहिक सम्बन्धमा पूर्णविराम लागेको थियो ।
यी दुई एक विवादका कारण अलग भएको खबर छ । अहिले एन्जेलिना आफ्ना ६ बच्चाको साथमा भिन्दै बस्दै आइरहेकी छिन् भने ब्राण्ड एक्लै बस्दै आइरहेका छन् ।
ब्रिटेनको एक लीडिंग डेली न्यूजपेपरका अनुसार, पिटले आफ्नो एक साथीलाई भनेका थिए कि उनले यस पटक आफ्नो जीवनको सबैभन्दा खराब न्यू ईयर होलिडे मनाएका छन् । उनका मित्रका अनुसार, पिट अहिले डिप्रेसनमा छन् । उनले क्रिसमस र न्यू ईयरमा आफ्नो बच्चालाई निकै मिस गरेका थिए । यहाँसम्मकी पिट कयौं पटक रोएका पनि थिए । पिट अहिलेपनि एन्जेलिनालाई माया गर्छन र उनलाई यो लाग्छ कि एन्जेलिनाले उनलाई धोका दिएकी छिन् ।