दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘लाल्टिन’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा नायक दयाहाङ राई मात्र फिचरिङ छन् । यसअघि सार्वजनिक भएको पहिलो पोष्टरमा चलचित्रका सबै कलाकारहरु फिचरिङ थिए तर हालै निर्माणपक्षले सार्वजनिक गरेको अफिसियल फाइनल पोष्टरमा भने दयाहाङलाई मात्र देखाइएको छ । पोष्टरमा दयाहाङलाई गम्भिर मुद्रामा देख्न सकिन्छ ।
चैत १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । भानु प्रताप प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ यसका सह-निर्माता हुन् । चलचित्रमा हरि लामाको छायांकन, अर्जुन जीसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन छ । रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा कविराज गहतराज, दिकेश र भानुप्रतापले कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा दयाहाङ र प्रियंकाको अलवा केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ, रामकेशर बोगटी, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ । चलत्रिमा राज कटुवाल र निर्जन थापा नयाँ प्रस्तुतीको रुपमा देखिदैछन् । १ करोड माथिको बजेटमा तयार भएको भनेर दाबी गरिएको यो चलचित्रले एक्सन, कमेडी, रोमान्स, सामाजिक र क्राइमको बिषयलाई उठान गरेको छ ।