बलीउड अभिनेता ओम पुरीको शुक्रवार विहान हृदयघातका कारण निधन भएको छ । उनी ६६ बर्षका थिए । उनले सय भन्दा बढी हिन्दी र २० हलीउड फिल्ममा समेत काम गरिसकेका छन् । उनलाई ‘अर्ध सत्य’ र ‘आरोहण’ फिल्मको भूमिकालाई लिएर बेस्ट एक्टरको नेशनल अवार्ड प्रदान गरिएको थियो । उनलाई १९९० मा पद्मश्री पनि मिलेको थियो । ओम पुरीको बाल्यकाल भारतको तंगहालीमा वितेको थियो । उनले आफ्नो करियरको सुरुवातको क्रममा होटलमा समेत काम गरे, त्यहाँ उनले चियाको दोकानमा गिलास माझ्ने काम गर्थे । प्रत्येक फिल्ममा आफ्नो अब्बल अभिनय प्रस्तुत गरेका उनी मेन स्ट्रीम इण्डियन सिनेमाको साथ साथ आर्ट फिल्ममा पनि माहिर थिए । फिल्ममा उनलाई एक्टिंगका लागि जसरी चिन्ने गरिन्थ्यो, त्यस्तै उनका केही डाईलगहरु पनि निकै पपुलर छन् ।
१. मरने से पहले मेरे बाल डाई कर देना, आई वांट टू डाई यंग
२. द्रौपदी तेरी अकेले की नहीँ…हम सब शेयरहोल्डर हैं
३. हमारे धंधे में आंसू के साथ कोई रिस्ता नहीँ होता
४. जिस दिन पुलिस की बर्दी का साथ पकडा, उस दिन डरका साथ छोड दिया ।
५. यकीन को हमेशा व.क्त के पीछे चलना चाहिए…आगे नहीं
६. ये मूंछ तेरे बाप के खेत पर नहीं उगाई है