साउन २८ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय परशुराम’ ले ‘पिजी सर्टिफिकेट’ पाएको छ । आइतबार चलचित्र सेन्सर बोर्डका सदयहरुले ‘जय परशुराम’ हेरेपछि ‘पिजी सर्टिफिकेट’ दिएका हुन् । विराट भट्टको खतरनाक एक्शन दृश्यहरुका कारण सेन्सर बोर्डले चलचित्रलाई पिजी सर्टिफिकेट दिएको निर्माणपक्षले बताएको छ । अब यो चलचित्र १६ बर्षभन्दा मुनीका बालबालिकाले अभिभावकको साथमा हेर्नु पर्नेछ । ५ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका विराज भट्ट अभिनित चलचित्र जय परशुराममा निशा अधिकारीको पनि प्रमुख भुमिका रहेको छ । ५ बर्ष पछि नै चलचित्र निर्माणमा उत्रिएका रोज राणाले यो चलचित्र निर्देशन गरेका हुन् । दुई गीत र ट्रेलरले बजार तताइरहेको अबस्थामा जय परशुरामले राम्रो व्यापार गर्नेमा निर्माणपक्ष ढुक्क रहेको छ । यसअघि विराज ५ बर्षसम्म भोपुरी चलचित्रमा व्यस्त थए । अब भने विराजले लगातार नेपाली चलचित्रमा काम गर्दै जाने बताउँदै आएका छन् ।