यस बर्ष प्रदान गरिन लागिएकोे सर्वश्रेष्ठ फिल्म अवार्ड ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२’ को उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजिक एक कार्यक्रमका बिच एनएफडिसी अवार्डको उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक गरिएको हो । अवार्डमा यस पटक गएको बर्ष एकै मितिमा प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत’ र ‘क्लासिक’ ले ११/११ विधामा आफ्नो कब्जा जमाएका छन् ।
चलचित्र ‘क्लासिक’ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट अभिनेता, सर्वोत्कृष्ट अभिनेत्री, सर्वोत्कृष्ट सह-अभिनेत्री, सर्वोत्कृष्ट लेखन, सर्वोत्कृष्ट छायाँकार, सर्वोत्कृष्ट सम्पादन, सर्वोत्कृष्ट पाश्र्व संगीत, सर्वोत्कृष्ट पाश्र्व गायन र सर्वोत्कृष्ट संगीतकार गरि ११ विधाको नोमिनेशनमा परेको छ ।
त्यस्तै अर्को चलचित्र ‘प्रेमगीत’ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट अभिनेता, सर्वोत्कृष्ट अभिनेत्री, सर्वोत्कृष्ट लेखन, सर्वोत्कृष्ट छायाँकार, सर्वोत्कृष्ट सम्पादन, सर्वोत्कृष्ट पाश्र्व संगीत, सर्वोत्कृष्ट नृत्य निर्देशक, सर्वोत्कृष्ट पाश्र्व गायन ‘म यस्तो गीत’ बाट सुगम पोख्रेल र ‘म त अलपत्र पर्छु’ बाट स्वरुपराज आचार्य र सर्वोत्कृष्ट संगीतकार गरि ११ विधाको नोमिनेशनमा परेको छ ।
सोही एनएफडिसी अवार्डमा कबड्डी कबड्डी ७ विधामा, पशुपतिप्रसाद ८ विधामा र वडा नम्बर ६ पनि ८ विधाको नोमिनेशनमा परेका छन् । सर्वोत्कृष्ट अभिनेताको विधामा क्लासिकबाट आर्यन सिग्देल, कबड्डी कबड्डीबाट दयाहाङ राई, पशुपतिप्रसादबाट खगेन्द्र लामिछाने, प्रेमगीतबाट प्रदीप खड्का र फन्कोबाट सौगात मल्ल नोमिनेशनमा परेका छन् । त्यस्तै सर्वोत्कृष्ट अभिनेत्रीको नोमिनेशनमा भाग सानी भागबाट केकी अधिकारी, रेशम फिलिलीबाट मेनुका प्रधान, क्लासिकबाट नम्रता श्रेष्ठ, वडा नम्बर ६ बाट प्रियंका कार्की र प्रेमगीतबाट पुजा शर्मा परेका छन् । कार्यक्रममा अवार्डको नोमिनेशनका प्रतिस्पद्र्यीेहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो । ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२’ कहिले र कहाँ प्रदान गरिने भन्ने कुरा कार्यक्रममा सार्वजनिक गरिएको थिएन । खबरका अनुसार चाँडै नै अवार्ड वितरण गर्ने मिति सार्वजनिक गरिने बताइएको छ ।
यस्तो छ ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२’ को उत्कृष्ट ५ नोमिनेशन :-