फिल्म ‘सिंघम’ मा काम गरिसकेकी एक्ट्रेस काजल अग्रवाललाई लिएर हालैमा एक खबर बाहिर आएको थियो कि उनी नर्थ इंडियाका एक पोलिटिशियनसँग डेट गरिरहेकी छिन् । केही समय पहिला उनीहरुको भेट एक पार्टीमा भएको थियो र त्यसपछि उनीहरुले एक सीक्रेट मीटिंग पनि गरेका थिए । तर, अहिलेसम्म ति पोलिटिशियनको नाम बाहिर आएको छैन । केही दिन अगाडी एक अन्तर्वार्ताको दौरानमा काजोलले भनेकी थिइन कि उनी एक असल व्यक्तिको खोजीमा छिन् ।
त्यसो त, काजोल मात्र होइन साउथ फिल्म इंडस्ट्रीमा कयौं यस्ता एक्ट्रेसेस छन्, जसको अफेयरको चर्चा खुबै भएको थियो ।
अनुष्का र प्रभास
अनुष्का शेट्टी र प्रभासले कयौं पटक फिल्ममा एकसाथ काम गरेका छन् र यही कारण पनि होकी उनीहरुको केमेस्ट्री निकै सुहाएको दर्शकहरु बताउँछन् । त्यसैले पनि होला धेरै पटक उनीहरुको अफेयरको चर्चा पनि चलेको थियो । केही बर्ष अगाडी मात्र खबर आएको थियो कि अनुष्का र प्रभास एकअर्कासँग डेट गरिरहेका छन् । यहाँसम्मको खबर बाहिर आएको थियो कि उनीहरु चाँडै विवाह समेत गर्दैछन् । पछि यी दुईले अफेयर र विवाहको कुरालाई नकारेका थिए । बताइदिउँ कि अनुष्का र प्रभासले सुपरहिट फिल्म ‘बाहुबली’ मा समेत काम गरिसकेका छन् । फिल्ममा अनुष्काले प्रभास (बाहुबली) की आमा देवसेनाको भूमिका निर्वाहा गरेकी थिइन ।