चर्चित भारतीय टिभी सिरियल ‘जमाई राजा’ को कहानी अब मोडिएको छ । केही भागदेखी ‘जमाई राजा’ मा रोशनीको भुमिका निर्वाह गरिरहेकी नैया शर्मा र जमाईको भुमिकामा रहेका सिद्धार्थ उर्फ रवि दुबे मिलेको देखाइएको थियो । ‘जमाई राजा’ को अहिलेको भाग हेर्ने हो भने रोशनी गर्भवती छिन् । तर अब जमाई राजाको कथाले मोड लिने भएको छ । भारतीय मिडियाहरुका अनुसार अब रोशनीको निधन हुनेछन् । सिरियलमा उनले छोरालाई जन्मदिँदै मृत्यु भएको भाग केही दिन भित्रै प्रशारण हुने बताइएको छ । मर्नु भन्दा अगाडी सिरियलमा रोशनीले सिद्धार्थलाई बच्चा दिएर जान्छिन् जो ठूलो भएर रवि दूबेको भुमिका निर्वाह गर्दै गरेको देखिनेछ । खबरका अनुसार अब जमाई राजाको कहानी २० बर्षपछिको देखाइनेछ ।