बलीउड फिल्मका प्रोडुसर, डायरेक्टर, कलाकार तथा टिभी पर्सनालिटी करन जोहरले आफु विवाहत पुरुष भएको बताएका छन् । उनले आफ्नो कुनै यूवतीसँग विवाह नभइ कामसँग विवाह गरेको बताएका छन् । ४४ बर्षका अविवाहित करनले न्यूज एजेन्सी पीटीआईलाई दिएको एक अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘म टिभीलाई आफ्नो लाइफको मिस्ट्रेस मान्दििँन तर यो मेरो पत्नी हो । टिभी पनि मेरो फिल्मपछिको दोस्रो पत्नी हो । मैले दुई तरिकाबाट विवाह गरेको छु, एक फिल्म र अर्को टिभीसँग ।’
करन भन्छन्, ‘म वुधबार आफ्नो टिभी शोको टीआरपी चेक गर्ने गर्छु । र टीआरपी डाउन भयो भने म टीमको काराण बुझ्न अनुरोध गर्छु ।’ उनी अगाडी भन्छन्, ‘म टिभी र फिल्मलाई बराबरकै रुपमा हेर्छु । जब म कुनै चिजको हिस्सा बन्छु तब म चासो राख्छु कि उक्त कामले कतिको सफलता पाइरहेको छ ।’ सुपरहिट फिल्म ‘कुछ कुछ होता है’ निर्देशन गरेर बलीउडमा पाइला टेकेका करनले ‘कभी खुशी कभी गम’, ‘कभी अलविदा न कहना’, ‘माय नेम इज खान’ र ‘स्टूडेन्ट अफ दी ईयर’ जस्ता सफल फिल्म दिइसकेका छन् । करन रियलिटी शोज ‘झलक दिखला जा’ र ‘इन्डियाज गट ट्यालेन्ट’ को जर्ज समेत हुन ।