बरिष्ठ रंगकर्मी सुनिल पोख्रेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गएराती एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार साँझ १ बजे नर्भिक अस्पताल भर्ना भएपछि उनलाई केही घण्टा आइसियूमा राखिएको थियो । वुधबार दिउँसोसम्मको अबस्था हेर्दा पोख्रेलको स्वास्थ्य अबस्था सामान्य भएका कारण डिस्चार्ज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । चिकित्सकले पोख्रेललाई ‘सिजर अट्याक’ भएको बताएका थिए । मुटु परिक्षण गर्दा केही नदेखिएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको पोख्रेलकी श्रीमती एवम् अभिनेत्री निशा शर्माले जानकारी दिइन । उनलाई नेपाली रंगमञ्चको गुरु मानिन्छ ।