साउथका सुपरस्टार नागार्जुनका छोरा नागा चैतन्य अक्किनेनीले हैदराबादमा एक्ट्रेस समांथा रुथ प्रभुसँग इन्गेजमेन्ट गरेका छन् । यी दुईको इन्गेजमेन्ट सेरेमनीको खास कुरा यो छ कि उनीहरुले ७ बर्ष अगाडी प्रदर्शनमा आएको फिल्म ‘ये माया चेसवे’ को स्टाइलमा एकअर्कालाई इन्गेजमेन्ट रिंग लगाएका थिए । यो फिल्ममा नागाले कार्ति र समांथाले जेसीको रोल प्ले गरेका थिए । यो समांथाको डेब्यू फिल्म थियो ।
समांथा रुथ प्रभुले सेक्टेम्बर, २०१६ मा नागा चैतन्यसँगको आफ्नो रिलेशनसिपलाई स्वीकारेकी थिइन । त्यसो त, यो कपल गएको ८ बर्षदेखी प्रेम सम्बन्धमा थिए । एक अन्तर्वार्ताको क्रममा समांथाले भनेकी थिइन, ‘फिल्म इन्डस्ट्रीमा नागा मेरोको पहिलो साथी हुन र तबदेखी अहिलेसम्म पनि उनी मेरो मिल्ने साथी हुन् ।’