फिल्मी दुनियाँसँग जोडिएका स्टारहरुको कार क्रेज त सबैलाई थाहा छ । उनीहरु महंगा र लग्जरी कारहरु चढने गर्छन् तर तपाईलाई यो थाहा नहुन सक्छ मलायलम र तमिल फिल्मका सुपरस्टार ममुटीसँग एक दुई वटा मात्रै होइन ३ ६९ वटा कार छन् ।
यति मात्रै होइन् ममुटीले केही वर्ष पहिले भारतको पहिलो मारुती–८०० पनि किन्ने इच्छा व्यक्त गरेका थिए । ममुटीले आफ्ना कारहरु राख्नको लागि छुट्टै ग्यारेज बनाएका छन् । उनी धेरैजसो आफै कार हाँक्न मन पराँउछन् ।
उनको कलेक्सनमा छन् यस्ता कार
तमिल मलायलम फिल्मका सुपरस्टार ममुटीसँग जागुआर एक्सजे–एल सबैभन्दा लेटेस्ट हो । यसको पेट्रोल र डिजेल दुवै भर्सन ममुटीले किनेका छन् । यतिमात्रै होइन यसको रजिस्टेसन नम्बर पनि ३६९ रहेको छ । उनको धेरै जसो कारका नम्बरमा ३६९ अंक रहेको हुन्छ ।
यसका साथै टोयोटा ल्याण्डक्रुजर, फरारी, मर्सिडिज र अउडीका कैयौं मोडलका कारहरु, पोर्स्र्च, टोयोटा फर्च्युनर, मिनि कुपर एस, बिएमडब्ल्यु का तिन मोडलहरु, मित्सुबिसी पजेरो स्पोर्ट, फक्सवागन पेसेट एक्स टु लगाएतका अन्य धेरै कारहरु उनको कलेक्सनमा छ ।
ममुटी साउथमा अउडी किन्ने पहिलो स्टार पनि हुन् । उनले भारतमा बनेको पहिलो मारुती किन्ने इच्छा पनि व्यक्त गरेका थिए ।