हालै चलचित्र ‘सुल्तान’ ले ३ सय करोडको आँकडा पार गरेपछि निकै प्रफुल्ल रहेका बलीउडस्टार सलमान खानले आफ्नो नयाँ चलचित्र ‘ट्यूबलाइट’ को छायाँकन सुरु गरेका छन् । हाल चलचित्रको छायाँकन लद्दाखमा भइरहेको भारतीय मिडियाहरुले बताएका छन् । खास कुरा यो छ कि सलमानकी कथिन गर्लफ्रेण्ड यूलिया वन्तूरका परिवारले उनलाई कम्पनी दिएका छन् । फिल्ममा सेटका केही फोटोहरु हालै सार्वजनिक भएका छन् कि जहाँ सलमानले यूलियाका परिवारसँग कुरा गरिरहेका छन् ।
सलमानले यूलियाको परिवारसँग भेट गरेपछि अहिले कतै सलमान चाँडै बिहे त गर्दै छैनन् भन्ने आशंका उब्जिन थालेको छ । तपाईहरुलाई यो बताऔं कि, सलमान जब शूटिंगको लागि लद्दाख गएका थिए तब यूलिया पनि उनको साथमा थिइन । यूलियाले लद्दाखबाट आफ्नो केही फोटो र भिडियो पनि शेयर गरेकी थिइन । कबीर खान डायरेक्टेड ‘ट्यूबलाइट’ २०१७ को ईदमा प्रदर्शन हुनेछ । सलमानले यो चलचित्रमा आफु भन्दा १८ बर्ष कान्छी चाइनीज एक्ट्रेस जू जूसँग रोमान्स गर्नेछन् ।