हलीउड पप गायक जस्टिन बीबर अहिले फ्यानहरुको निशानामा छन्, किनकी उनले भिजेको लोअर लगाएको क्यामेरामा कैद भएको छ । रोचक कुरा त यो छ कि जस्टिनको लोअर यस्तो ठाउँमा भिजेको छ, मानौ उनले ट्वाइलेट गरेका छन् । योभन्दा अगाडी फ्यानहरुले उनको मजाक उडाउन त्यो भन्दा अगाडी नै बिबरले सोशल मिडियाबाट सबैलाई स्पष्ट पारिदिएका छन् ।
ट्वीट गर्दै उनले लेखे, ‘कसैले मलाई फूल दियो, म गाडी चलाइरहेको थिए । त्यसैमा म फर्किए, र मेरो त्यस ठाउँमा पानी पोखियो । यदी यो देखेर तपाईहरुलाई हाँसो उठिरहेको छ भने मेरो भन्नु केही छैन ।’ यसको अलवा उनले एक अर्को फोटो शेयर गर्दै लेखेका छन्, ‘तपाईहरु जहिलेसम्म कूल बताउनुहुन्न तबसम्म पेन्टमा ट्वाइलेट गर्दिन ।’ २२ बर्षिय जस्टिन बीबर क्यानडाका पप गायक हुन ।