‘गोलमाल’ को सिरिज बनाएर चर्चामा आएका रोहित सेट्टीले एक अभिनेताकै नाममा फिल्म बनाएका छन्। उनले चल्तीका स्टार रणवीर सिंहको नाममा ‘रणवीर चिङ रिटर्न्स’ बनाएका छन्। हालै यो चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रणवीरलाई फरक भूमिकामा उतारिएको देख्न सकिन्छ। यसबाटै बुझ्न सकिन्छ, फिल्मलाई भव्य सेटमा सुटिङ गरिएको छ। रणवीरसँगै फिल्ममा दक्षिण भारतीय स्टार तमन्नाको समेत अभिनय छ। रणविरसँग तमन्नाको यो पहिलो फिल्म हो। अगस्ट १९ मा विश्वभर एकसाथ रिलिज गर्ने तयारी रहेको फिल्मको मुम्बईमा भवय प्रिमियर गरिनेछ। रोहित सेट्टीले निर्देशन गरेको फिल्ममा राजेश नरसिंहको कथा रहेको छ। विभिन्न विदेशी भाषासहित दक्षिण भारतीय भाषामा समेत फिल्मलाई डब गरिने बताइएको छ।