अर्को बर्षको जेठ ५ गतेलाई रिलिज डेट लक गरिएको रेखा थापा स्टरर मूभी ‘डायरी’ को लिरिकल भिडियो गीत रिलिज भएको छ । मानस राजको शब्द तथा संगीत रहेको ‘माया माया’ बोलको गीतमा ‘फन्टास्टिक’ गायक अल्मोडा राना उप्रेतीको स्वर छ । एरेञ्जिङ पनि अल्मोडाकै हो । चलचित्रका केही अचल दृश्यहरु पनि समाबेश यो लिरिकल भिडियोमा ‘डल्ली’ उर्फ अभिनेत्री छुल्ठिम गुरुङ र नव-नायक सन्नी सिंह फिचरिङ छन् । छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण भएको यो लभस्टोरी चलचित्रलाई अनिल योञ्जनले डायरेक्शन गरेका हुन । यसमा रेखा भिलेनको रुपमा देखिएकी छिन् । पछिल्लो समय राप्रपा नेपालमा प्रवेश गरेसंगै चर्चामा आएकी रेखालाई दर्शकले यस चलचित्रमा पहिलो पटक भिलेनको अवतारमा देख्न पाउने छन् भने छुल्ठिम र सन्नी प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । चलचित्रमा बिनोद पौडेल, दिनेश डिसी लगायतको पनि अभिनय रहेको छ । छेतेन गुरुङको कथा रहेको यस चलचित्रलाई शिव राम श्रेष्ठले खिचेका हुन ।