केही बर्षदेखी बलीउड अभनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्राबिच प्रेम सम्बन्धको चर्चा छ । बेला बखतमा उनीहरु सँगै भेटिने खबरहरुले पनि उनीहरु प्रेम सम्बन्धमा रहेको पुष्टि हुन्छ । तर हालसम्म यो कुराको विषयमा मुख खोल्न नमानेका आलिया र सिद्धार्थले एकसाथ स्टुडेण्ट अफ दी ईयरमा काम गरेका थिए । आफ्नो विवादित बयानका कारण खुबै चर्चामा आउने आलियाले हालै एक अन्तर्वार्तामा निकै अचम्मको उत्तर दिएकी छिन्, जुन सुनेर जो कोहीँ हैरान हुन्छन् । उनलाई पत्रकार ‘यदी तपाई संसारको अन्तिम महिला हुनुहुन्छ भने रणवीर सिंह, सिद्धार्थ मल्होत्रा, वरुण धवन, शाहिद कपूर र रणबीर कपूर मध्ये कसलाई रोज्ने हुन्छ ?’ उनले झट्टै उत्तर दिइहालिन् सिद्धार्थ मल्होत्रा । हाल आलिया अमेरिकामा भइरहेको चलचित्र ‘ड्रीम टीम टूर’ मा भाग लिइरहेकी छिन् । त्यसपछि उनी वरुण धवनको साथमा धर्मा प्रोडक्शनको फिल्म ‘शुद्धि’ मा देखिनेछिन् ।