बलीउडमा कोहीँ स्टार अफयेरमा छ भन्ने खबर बाहिर आउनु अनौठो होइन । कहिले प्याचअप त कहिले ब्रेकअपको हल्लाले बेखा बखतमा बलीउड राम्रै तात्ने गर्छ । त्यही क्रममा अहिले बलीउड अभिनेत्री सोनाक्षी सिन्हा पनि प्रेमसम्बन्धमा रहेको खबरले भारतीय मिडियाहरु राम्रै गर्माएका छन् । मुम्बई मिररको रिपोर्टलाई आधार मान्ने हो भने कथित व्वायफ्रेण्ड बन्टी सचदेवसँग अहिले सोनाक्षी प्रेम सम्बन्धमा छिन् । खबरका अनुसार बन्टीले सोनाक्षीलाई विवाहको प्रस्ताब पनि राखिसकेका छन् ।
हाल ‘अकीरा’ को प्रमोशनमा व्यस्त सोनाक्षीले यही कारणले गर्दा अरु चलचित्र साइन नगरेको खबर पनि बाहिर आएको छ । यतिसम्मकी बन्टी र सोनाक्षीको इन्गेज्मेन्ट पनि गोप्य रुपमा भइसकेको मिररको खबरमा उल्लेख छ । तर हालै सोनाक्षीले यो कुरालाई नकारेकी छिन् । उनले ट्विट गर्दै भनेकी छिन्, ‘मेरो फ्यूचर प्लान्सको बारेमा मेरो परिवार, साथी र मलाई जानकारी दिएकोमा धन्यवाद । तर जुन कुराहरु अहिले बजारमा आएका छन् त्यसमा कुनै सत्यता छैन ।’ अब सोनाक्षीको के प्लान्स छ त्यो भने बाहिर आएपनि पक्कै उनका फ्यानहरुलाई खुसीकै खबर हुनु पर्छ ।