साउथका पपुलर एक्टर्समध्येका एक अलु अर्जुन ३४ बर्षका भैसकेका छन् । ८ अप्रिल, १९८३ को चेन्नईमा जन्मिएका अलुले करिअरको सुरुवात २००३ मा फिल्म ‘गंगोत्री’ बाट गरेका थिए, जो निकै सफल रह्यो । तेलुगु फिल्ममा (टलीवुड) मा रोमान्टिक इमेजवाला अलु अर्जुनले ६ मार्च, २०११ को हैदराबादमा स्नेहा रेड्डीसँग विवाह गरेका थिए ।
अलु र स्नेहाको पहिलो भेट कमन फ्रेण्ड्सको कुनै एक विवाह समारोहमा भएको थियो । अलुको स्नेहासँग पहिलो भेटमा नै माया बसेको थियो । अलु अर्जुन साउथका एक यस्ता व्यक्ति हुन, जसको फेसबुकमा १ करोडभन्दा बढी फलोअर्स छ । २०१६ मा अलु गूगलमा सबैभन्दा बढी सर्च गर्ने टलीवुड एक्टर बनेका थिए । फोर्ब्स इण्डियाको इण्डियन सेलेब्रिटी लिस्ट (४२) औं पोजिशन मिलेको थियो । अलु वेटरन एक्टर चिरञ्जीवीका भान्जा हुन । अलु-स्नेहाका दुई बच्चा छन् ।