हाल देशभर प्रदर्शन भइरहेको चलचित्र “जय परशुराम” का निर्देशक एवं निर्माता रोज राणा माथी खुकुरी प्रहार भएको छ । सोमबार साँझ उनीमाथी खुकुरी प्रहार भएको प्रहरीले जानकारी दिएको छ । मध्य बानेश्वरस्थित रत्नराज्य स्कूल अगाडी उनीमाथी अपरिचित व्यक्तिहरुले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । घटना भए लगत्तै रोजलाई बानेश्वरको सिभिल हस्पिटलमा लगिएको थियो तर हस्पिटलले थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा रिफर गरेको छ । प्रहरीका अनुसार २ अपरिचित व्यक्तिहरुले रोजको हात ताकेर खुकुरी प्रहार गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ समेत गरिसकेको छ । रोज नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापति पनि हुन् । लामो समयपछि उनले चलचित्र ‘जय परशुराम’ निर्माण र पहिलो पटक निर्देशन गरेका थिए ।