काठमाडौं । आगामी जेठ २५ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘मेरी कुसुम’का कलाकार तथा मोहन बोगटी यतिबेला दुबइमा छन् । मे ५ मा त्यहाँ हुने फिल्मको रिलिजका लागि उनी दुबइमा तयारी गरिरहेका छन् । मोहनका अनुसार उनी जेठ २५ गते नेपालमा फिल्म रिलिज भइरहँदा यही दिन फिल्म रिलिजका लागि क्यानडा पुग्नेछन् ।
एन.आर घिमिरले निर्देशन गरेको यो फिल्मले प्रेमको कथा भन्छ । ‘दुबइमा फिल्मको हाइप एकदमै राम्रो छ । ‘छक्का पन्जा, लुट २’ जस्ता फिल्मले गरेको व्यापारकै हाराहारीमा फिल्मले व्यापार गर्ने आशा गरेका छौं ।’मोहनले भने ।
फिल्ममा मोहनको साथमा नायिका हर्षिका श्रेष्ठ र नव–नायिका सुदिप्ताको मुख्य भूमिका छ । यो फिल्म यी तिनै कलाकारका लागि महत्वपूर्ण छ । मोहन यही फिल्मबाट यो क्षेत्रमा लगातार लागिरहने सोचमा छन् । हर्षिका पनि बिहेपछि फिल्म क्षेत्रबाट हराए जस्तै छिन् । त्यसैले उनलाई यो फिल्मले व्यापार राम्रो गरेको खण्डमा फेरि जम्न सजिलो हुनेछ । नव–नायिका सुदिप्तालाई यो फिल्म चल्दा नोटिस हुने अवसर मिल्नेछ । फिल्मको ट्रेलर र गीत अहिले चर्चामा छ ।