प्रियंका कार्की र सौगात मल्ल लिड अभिनयमा रहने फिल्म ‘फाटेको जुत्ता’को मुहर्त भएको छ । बिहिबार ललितपुरको कार्यविनायक मन्दिरमा फिल्मको शुभ मुहर्त गरियो । मुहर्तसँगै फिल्म युनिट सुटिङको लागी विरगञ्ज मुभ भएको छ ।
सम्पुर्ण छायांकन विरगञ्जमा हुने भनिएको फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन् । उनले यसअघि ‘जीन्दगी रक्स’ नामको फिल्मबाट ठुलो पर्दाको निर्देशनमा डेब्यू गरेका थिए । अर्जुनकुमार फिल्मका निर्माता हुन् । बुद्धि तामाङ र कामेश्वर चौरासिया पनि फिल्ममा लिड अभिनयमा रहनेछन् ।
सुभ साईत समारोहमा लिड कलाकारहरु उपस्थित देखिए । नामले नै कमेडी बोल्ने फिल्मलाई लिएर प्रियंका प्रफुल्लित देखिईन् । उनले वाल्यकालदेखि युवा उमेरसम्म आउँदा समेत कैयौं पटक फाटेको जुत्ता लगाएर हिँडेको कुरा समेत खुलाईन् ।
सौगातले लामो समयदेखि प्रियंकासँग काम गर्न पालेको धोका पुरा भएको भन्दै उत्साहित देखिए । फिल्मलाई एक महिनास्म खिचिसकिने निर्माण टिमले बताएको छ । कार्तिक १७ मा फिल्म रिलिज हुनेछ ।