अमीषा पटेल बलीउडकी एक परिचित अभिनेत्री हुन् । आजकाल उनी सोशल साइट्समा पनि निकै सक्रिय छिन् । तपाईहरुलाई बताऔं कि हालै एक बर्थडे पार्टीमा अमीषा देखिएकी छिन् । यो पार्टी मुम्बईको बान्द्राको एक रेस्टुराँमा थियो । अमीषाले उक्त पार्टीमा राम्रै मस्ती गरेकी थिइन भने केही तस्बिरहरु पनि खिच्न भ्याएकी थिइन । खास कुरा यो छ कि उनले खिचाएको तस्बिरहरुमा अमीषाको पेटका चर्बी र अनुहारले उनको उमेर स्पष्ट देखाइरहेको थियो । पछिल्लो समय कुनै पनि चलचित्रमा काम नगरेकी उनले त्यस कारण पनि फिटनेशनमा ध्यान दिइरहेकी छैनन् । ४० बर्षकी अमीषाले “कहो ना प्यार है” बाट बलीउडमा आफ्नो पाइला टेकेकी थिइन ।