भदौ २३ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘२ रुपैयाँ’को ‘कुटु मा कुटु’ बोलको टिपिकल फ्लेभरको गीत रिलिज भएको छ । सार्वजनिक गीतमा लिड अभिनेता निश्चल बस्नेतको साथमा उनकी पत्नि अभिनेत्री स्वस्तिमा खड्कासँगै अर्का अभिनेता आसिफ शाह फिचरिङमा छन् ।
सार्वजनिक गीतमा संगीत राजनराज शिवाकोटीले भरेका छन् भने शब्द राजन ईशानर मेलिना राईको छ । शब्द पनि राजनराजकै छ भने संगीत एरेञ्जको काम राजन ईशानले गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी छ ।
पुर्वी नेपालको धरानमा खिचिएको गीतले ‘झ्याली पिट्ने’ विश्वास निर्माण टिमको छ । असिम शाहले फिल्म निर्देशन गरेका हुन् । बुद्धि तामाङ पनि लिड अभिनयमा छन् ।