मुम्बई(एजेन्सी) । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित रहेर निर्माण हुन लागेको एक फिल्ममा बलिउड अभिनेता अनुपम खेर शीर्ष भूमिकामा देखिने भएका छन् ।
सञ्जय सरुको पुस्तक ‘द एक्सिडेन्टल प्राइम मिनिष्टर ः द मेकिङ एण्ड अनमेकिङ अफ मनमोहन सिंह’ मा आधारित रहेर निर्माण हुने फिल्ममा विजय रत्नाकर गुटेको डेब्यु निर्देशन हुनेछ । फिल्मको लेखनको काम हन्सल मेहताले गर्नेछन् ।
अभिनेता अनुपमले पनि मनमोहन सिंहको भूमिकामा अभिनय गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । ‘कुनै पनि इतिहासमा बनेको फिल्ममा अभिनय गर्नु एकदमै चुनौतिपूर्ण कुरा हो । त्यो चुनौतिलाई पुरा गर्न म मनमोहन सिंह बन्न तयार छु ।’ अनुपमले भनेका छन् ।