मुम्बई(एजेन्सी) । फिल्म ‘दंगल’ की अभिनेत्री जायरा वसीम सवार दुर्घटनाग्रस्त भएको छ । कार दुर्घटनामा परे पनि उनी र उनका साथीहरु सकुशल रहेको भारतीय प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार १६ वर्षकी अभिनेत्री गत शुक्रबार अबेर रातमा आफ्ना साथीहरुको साथमा घर गइरहेकी थिइन् । त्यही बेला डल झीलको किनारामा रहेको बुलेवार्ड रोडमा गाडी दुर्घटना भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार गाडी निकै तेजमा कुदेको थियो । तेज गाडीलाई चालकले नियन्त्रणमा लिन नसक्दा गाडी रेलिंगमा ठोक्किएको थियो । चालकको नियन्त्रण बाहिर गई गाडी डल झीलमा झरेपछि स्थानीय व्यत्तिहरु गएर उनीहरुको उद्दार गरेका थिए ।
जायराले आमिरको फिल्ममा पहलवान गीता फोगाटकी युवा अवस्थाको भूमिका निर्वाह गरेकी छन् । आमिरको फिल्मले विश्वव्यापी रुपमा १९०० करोड रुपैंयाँ कमाई गरेको छ । हालै मात्र चिनियाँ राष्ट्रपति शी जिनपिङले पनि फिल्म हेरेपछि मनपराएका थिए ।