भदौ २ गते बिहिबार सार्वजनिक विदालाई लक्षित गर्दै देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चपली हाईट २’ को रिलिज मिति पोस्टपोन्ड भएको छ । चलचित्र विकास बोर्डमा बिहिबार चलचित्र रिलिज गर्न नपाइने उजुरी दर्ता भएपछि चलचित्र ‘चपली हाईट २’ भदौं ३ गते शुक्रबार नै रिलिज हुन लागेको हो । बिहिबार राजधानीमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा चलचित्रका निर्माता अर्जुन कुमारले चलचित्र चपली हाईट २ बिहिबार सार्वजनिक विदाको दिन प्रदर्शन गर्न खोज्दा दबाब आएको बताए । उनले भने -‘चलचित्र चपली हाईट २ माथी आक्रमणको प्रयास भएको छ । चलचित्रको रिलिज मिति एक दिन सर्दा हामीलाई १० देखी १५ लाखसम्मको घाटा हुन्छ र विदाको दिन गुमाउँनु पर्दा २० लाखसम्म घाटा हुन्छ ।’ आयुष्मान देशराज श्रेष्ठ र उनकी प्रेमिका तथा चलचित्रकी अभिनेत्री परमिता राणा उपस्थित कार्यक्रममा चलचित्र चपली हाईट २ भदौ ३ गते रिलिज हुने औपचारिक जानकारी दिइएको थियो । यो चलचित्रमा मरिष्का पोख्रेलको पनि अभिनय रहेको छ । चलचित्रलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । यही मितिमा प्रदर्शन हुन ठिक्क भएर बसेको चलचित्र विर विक्रम र चपली हाईट २ को भदौ ३ गते राम्रै प्रतिस्पद्र्या हुने देखिएको छ । हिजो मात्र सेन्सर बोर्डबाट चलचित्र विर विक्रमले यूनिभर्सल सर्टिफिकेट पाएको छ ।