यो वर्षको प्रतिक्षित फिल्म हो ‘ग्याङस्टार ब्लूज’। भदौ २ गतेदेखि नेपालभर प्रदर्शन हुन लागेको फिल्ममा आशिरमान देशराज जोशी श्रेष्ठ, आना शर्मा, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय रहेको छ। फिल्मको ट्रेलर र गीत सार्वजनिक भइसकेको छ। ट्रेलर र गीतलाई दर्शकले पनि खुबै मन पराइरहेका छन्।
यसै फिल्मबाट नायक आशिरमानले फिल्म क्षेत्रमा डेब्यु गर्दै छन्। उनि फिल्म ‘ग्याङस्टार ब्लूज’को मुख्य पात्रका रुपमा देखिदै छन्। आशिरमान फिल्मको निर्माण घोषणा देखि नै चर्चामा थिए। दर्शक उनलाई अनि उनको अभिनयलाई पर्दामा हेर्न एकदमै आतुर छन्। सार्वजनिक ट्रेलरमा देखिएको उनको लुक्स र अभिनयको पनि दर्शकले खुलेरै तारिफ गरिरहेका छन्। जुन युट्युबमा आएको कमेन्ट हेरेर पनि थाहा हुन्छ।
उनको कामलाई आज सम्म दर्शकले हलमा गएर हेर्न पाएका छैनन्। त्यही पनि उनको फ्यान फलोवर्श कुनै पनि स्टारको भन्दा कम छैनन्। कतै सार्वजनिक कार्यक्रममा होस या अन्य कुनै ठाउँ, उनि जहाँ पुग्छन उनका फ्यानले उनलाई घेरिहाल्छन। भेट्दा अटोग्राफ लिने देखि अंकमाल तथा चुम्बन गर्न खोज्ने सम्म उनका फ्यान छन्। उनले फिल्म रिलिज पुर्व नै पाएको यो क्रेज अन्य कुनै कलाकारले पाएका थिएनन।
त्यसो त उनि अहिले फिल्म ‘ब्रेकअप’मा पनि अनुबन्धित भइसकेका छन्। रोहित अधिकारीले निर्माण गर्न लागेको उक्त फिल्मको लागि उनले १५ लाख पारिश्रमिक लिएका छन्। यो पारिश्रमिक स्टार कलाकारको भन्दा माथि हो। उनलाई १० देखि १५ लाख सम्म तिरेर आफ्नो फिल्ममा खेलाउन चाहने निर्माता तथा निर्देशकहरु पनि धेरै छन्। उनलाई फिल्म क्षेत्रको उदाउदो स्टार हुन् पनि भन्न सकिन्छ।
फिल्म रिलिज हुनु पुर्वनै यति धेरै चर्चामा रहेका उनले फिल्म रिलिज पश्चात पनि यो चर्चालाई कायम गर्न सक्लान या नसक्लान त ? साथै उनको फ्यान फलोवर्शलाई उनले आफ्नो अभिनयबाट सन्तुष्टि दिन सक्लान या नसक्लान त ? त्यो भने फिल्म रिलिज पश्चात थाहा हुनेछ।