फिल्म ‘सायद २’की नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावललाई विभिन्न आरोपहरु लगाएकी छिन्। बिहिबार बिशालनगरमा रहेको चलचित्र संघको कार्यालयमा पत्रकार सम्मेलन गरी सुनिललाई सुटिङ सेटमा जिस्काउने देखि आफ्नो गर्लफ्रेन्ड बन्न समेत दबाब दिएको आरोप लगाइन्।
पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन् ‘मलाई उहाँले मेरो गलफ्रेन्ड बनन् भनेर भनिरहनु हुन्थियो।’ ‘त्यहि कुराले मैले सुटिङ सेट पनि छोड्न लागेको थिए पछि उहाँले सरि म जिस्केको मात्र हो भनेर कुरा मिलाउनु भयो,’ उनले थपिन्। फिल्म चलेन भन्दैमा कलाकारलाई आरोप लगाउनु गलत भएको स्यारोनको भनाइ छ।
हाल प्रदर्शनरत फिल्म ‘सायद २’ ले सन्तोषजनक व्यापार गरेन। निर्माता सुनिलले फिल्म ‘सायद २’ रिलिज पश्चात केही मिडियामा इन्टरभ्यु पनि दिए। इन्टरभ्युमा उनले फिल्म प्रोमोशनमा नहिडेकाले नायिकालाई त्यसो गर्न नहुने भनेका थिए। उनले नँया कलाकारलाई लिएर फिल्म बनाउदा दुख पाएको र अब नँया कलाकारलाई लिएर फिल्म नबनाउने घोषणा समेत गरेका थिए।
के भन्छन सुनिल ?
स्यारोनले लगाएको आरोप सब गलत र नियोजित भएको सुनिलले बताए। ‘यत्तिका वर्ष फिल्म लाइनमा काम गरिसकेको मान्छे आज सम्म कोहिसँग नाम जोडिएन तर एक्कासी आएर स्यारोनलाई कसरी गलफ्रेन्ड बन भन्छु होला त ?’, सुनिल भन्छन ‘मलाई गलफ्रेन्ड नै बनाउनु थियो त अरुलाई पनि भन्थे होला त हैन ?’
एउटा कलाकार भइसकेपछि आफ्नो फिल्मको प्रोमोशनमा हिड्नु कलाकारको दायित्व हुने सुनिलको बुझाइ छ। तर स्यारोनले कहिलै प्रोमोशनमा साथ नदिएको गुनासो सुनिलले सुनाए। ‘उ कहिले परिक्षा छ भ्याउदिन भन्थी त कहिले म बाहिरी देश जानु छ, त्यसैले मैले अब तिमि मेरो फिल्मको प्रोमोशानको लागि चाहिंदैन चाही भनेको थिए,’ उनले भने। पब्लिसिटिमा हिडेन भन्दा यति सम्म आरोप लगाएको सुनिलले बताए।