प्रकाश आङदेम्बेले निर्देशन गरेको फिल्म ‘देश खोज्दै जाँदा’ भाद्र ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउदै छ। दुई दशकदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीको वास्तविक कथामा निर्माण भएको फिल्म ‘देश खोज्दै जाँदा’मा भुटानी शरणार्थीहरु गर्ने आन्दोलन, उनीहरुको दुःख आदि कुराहरुलाई देखिएको छ।
सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको बारेमा थप जानकरी दिइयो । कर्यक्रममा बोल्दै निर्देशक आङदेम्बेले फिल्ममा भुटानी शरणार्थीको वास्तविक जीवनलाई उतारेको बताए । त्यस्तै कलाकार बाबु बोगटीले पनि आफ्नो लागि यो फिल्म एकदमै महत्वपूर्ण भएको र यस फिल्ममा आफुले राम्रो काम गरेको पनि दाबी गरे। कार्यक्रमा फिल्मको नँया ट्रेलर र गीतको भिडियो पनि देखईयो।
लाइन क्रस मुभिजको ब्यानरमा निर्माण भएको उक्त फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मिना कोइराला, अरुणा कार्की लगायतको अभिनय छ। बिरेन्द्र क्षेत्रीको लगानी रहेको फिल्ममा आभाषको संगीत, सञ्जय लामाको छायांकन, मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको छ।