मुस्कान ढकालको निर्देशनमा बन्न लागेको फिल्म ‘समर लभ’मा नम्रता सापकोटा अनुवन्धित भएकी छिन्। सुविन भट्टराइको चर्चित पुस्तक ‘समर लभ’मा आधारित रहेर निर्माण हुन् लागेको फिल्ममा उनि सुस्मिताको भूमिकामा देखिने छिन्।
केहि समय पहिला नायिका नम्रता सापकोटाले आफु फिल्म ‘कान्छी’मा अनुवन्धित भएको बताएकी थिइन्। तर अहिले उनले फिल्म कान्छी छाडेर ‘समर लभ’मा काम गर्न लागेकी हुन्। ‘कान्छी’ छायाँकन हुने भनेको २ महिना बितिसक्दा पनि छायाँकन सुरु नभएकाले आफुले बाध्यताले ‘कान्छी’ छाड्नु परेको नाम्रताले बताइन। उनले केहि समय अघि नै फिल्म ‘समर लभ’मा पनि साइन गरिसकेकी थिइन्। अहिले फिल्म ‘कान्छी’ र ‘समर लभ’को छायांकन संगै हुने भएकाले उनले फिल्म ‘कान्छी’ छाडेकी हुन्।
‘नाइटिंगेल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘समर लभ’मा साया र अतितको भूमिका २ नव कलाकार रेवती क्षेत्री र आशिष पिया देखिंदै छन्। फिल्मको अहिले वर्कसप चलिरहेको छ।