मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘ट्वाइलेटः एक प्रेमकथा’ तीन दिनपछि रिलिज हुँदैछ । फिल्मको रिलिज मिति जसो जसो नजिकिँदैछ, फिल्मका मुख्य अभिनेता अक्षय कुमारले फिल्मको प्रमोशनलाई बढाएका पनि छन् । उनले बलिउडका अन्य सुपरस्टारलाई पनि आ–आफ्नो क्षेत्रबाट फिल्म प्रमोशन गरिदिन आग्रह पनि गरिदिएका छन् ।
अक्षयले एक भिडियो इन्स्टाग्राम एकाउण्टमा राख्दै २४ घण्टामा देशभर २४ ट्वाइलेट बनाउने घोषणा पनि गरेका छन् । उनले फिल्मको टिम र एक संस्थाले मिलेर २४ घण्टामा देशमा २४ ट्वाइलेट बनाउने घोषणा गरेका हुन् ।
फिल्मको टिम काया कन्स्ट्रक्सन नामको एक संस्थासँग मिलेर ट्वाइलेट बनाउने अभियानमा लाग्ने उनले जानकारी दिएका छन् । उनले हरेक घण्टा ट्वाइलेटको तस्वीर पनि इन्स्टाग्राममा अपलोड गर्ने पनि बताएका छन् ।