सोसल मिडिया ‘फेसबुक’मा अहिले निखिल उप्रेतीले जिम गर्दै गरेको दुई फोटो सार्वजनिक भएका छन्। निखिल आफु भने फेसबुक चलाउदैनन्। तर उनको नामबाट खोलिएका फेसबुक अकाउण्ट धेरै छन्। यसै बीच उनको नामबाट खोलिएको एक फेसबुक अकाउण्टबाट निखिलले जिम गर्दै गरेको फोटो अपलोड भएको छ। फोटो अपलोड गर्दै ‘क्याप्सन’मा लेखिएको छ ‘कमिटमेन्ट: सिक्स्टी आवर्स को तयारी’।
लगातार फ्लप फिल्म दिइरहेका एक्सन स्टार निखिल उप्रेती अहिले आफ्नै ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘कमिटमेन्ट: सिक्स्टी आवर्स’को सुटिङमा ब्यस्त छन्। एक पछि अर्को गर्दै लगातार फिल्म फ्लप हुन थालेपछि उनि अहिले आफ्नो स्टारडम बचाउन संघर्ष गरिरहेका छन्। सधै एकै प्रकारको भूमिका र एक्सनमा सिमित निखिल फिल्म ‘कमिटमेन्ट: सिक्स्टी आवर्स’मा भने फरक अवतारमा देखिन लागेका छन्।
निखिलले यो फिल्मका लागि धेरै मेहनत पनि गरिरहेका छन्। फेसबुकमा सार्वजनिक तस्विरहरु हेर्दा लाग्छ निखिलले यो फिल्मका लागि ‘सिक्सप्याक बडी’ बनाउदै छन्।‘कमिटमेन्ट: सिक्स्टी आवर्स’लाई निखिल आफैले निर्देशन पनि गर्दै छन्। निखिलले यस अघि फिल्म ‘भैरव’ निर्देशन गरिसकेका छन्। फिल्ममा निखिलका अलावा बलिउडका चर्चित कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, लगायतको अभिनय छ। निखिलले यसै फिल्मबाट आफ्नो साली अर्थात नायिका सञ्चिता लुइटेलकी बहिनी सिवानी लुइटेललाइ पनि फिल्ममा डेब्यु गराउदै छन्। फिल्ममा सिवानी निखिलको अपोजिटमा अभिनय गर्दै छिन्।