नेपाली फिल्म क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेकी नायिका हुन् सुरविना कार्की। उनले फिल्म ‘झेली’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी थिइन्। सुरबिनाले पहिलो फिल्ममा नै असफलता बेहोर्नु पर्यो। ‘झेली’ पश्चात पनि उनले फिल्म ‘नाइके’मा काम गरिन्। आर्यन सिग्देलसँग स्क्रिन शेयर गरेकी सुरबिनालई उक्त फिल्मले पनि सफलता दिलाएन। उनले फिल्म ‘लुकामारी’मा पनि काम गरिन्। तर त्यस फिल्मले पनि उनको करियरलाई माथि उठाउन सकेन।
लगातार फिल्म फ्लप भएपछि उनि अभिनयको कोर्स गर्न मुम्बइ पुगिन्। मुम्बइ पुगेर उनले बलिउडका चर्चित कलाकार अनुप खेरको स्टूडियोमा अभिनयको ३ महिने कोर्स पनि पुरा गरिन्। पढाई सकेर नेपाल आएकी सुरबिना अहिले कुनै पनि फिल्ममा काम गर्दै छैनन्।
सुरबिना केहि दिन पहिला काठमाडौमा आयोजित अवार्ड समारोहमा देखिइन्। रातो गाउनमा सजिएर कार्यक्रममा पुगेकी उनि एकदमै हट देखिन्थिन्।
फोटो : आर्यन बिमली/CineKhabar