केही दिनदेखि परेको अबिरल वर्षाका कारण तराई डुबानमा परेको छ। बाढी पहिरोको कारण ४० जनाभन्दा बढीको मृत्यु भैसकेको छ भने दर्जनैको संख्यामा बेपत्ता छन्। बाढी पहिरोले सयौं घर, चौपाया, सडक र पुलसमेत बगाएको अवस्था छ। बाढी पहिरोबाट पूर्वी तराईका जिल्लाहरु झापा, मोरङ, सुनसरी, सप्तरीलगायत प्रभावित भएका छन्।
तराई शोकमा डुबेको बेला विभिन्न कलाकर्मीहरुले पनि सहयोग गर्दै आइरहेका छन्। दैवी प्रकोपमा विभिन्न साथ सहयोग गदैै आईरहेका कलाकारहरुले पनि बाढी पिडित सहयोगार्थ राहत संकलन कार्य तिव्र बनाएका छन्। यसै क्रममा मह संचारको तर्फबाट राहतको लागि रु. एक लाख सहयोग रकम घोषणा गरिएको छ। चर्चित कलाकार हरिवंश आचार्यले सामाजिक संजालबाट उक्त सहयोग गर्ने घोषणा गरेका हुन्।
मह संचार तथा मह जोडीको तर्फबाट पिडितलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको भन्दै हरिवंश आचार्यले यस शोकको घडीमा सबैलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न अपिल समेत गरेका छन्।फिल्मकर्मीहरु धुर्मुश-सुन्तली, दीपाश्री निरौला, दिपकराज गिरी, निर्मल शर्मा, पूजा शर्मा, रेखा थापा, करिश्मा मानन्धर, आर्यन सिग्देल, प्रियंका कार्की, केदार घिमिरे लगायतले आर्थिक सहयोग गर्ने वाचा गर्दै सबैमा आ-आफ्नो तर्फबाट सकेको सहयोग गर्न अपिल गरेका छन्।
फोटो : सामाजिक संजाल फेसबुकबाट