सुकृत नेपाल
नेपाली सिनेमा क्षेत्रमा एउटा यस्तो जमाना थियो जहाँँ गिनेचुनेका अवार्ड हुने गर्थे । अहिले समय बदलिएको छ । अवार्ड अव कसैको सम्मानको विषय रहेन । यो किनवेचको आइटम हुन थालेको छ, खासगरेर, नेपाली चलचित्र क्षेत्रमा । अवार्डका संस्थापक–आयोजक र निर्णयकर्ताको मिलोमतोमा आपूmले चाहेको र आफनो स्वार्थका आधारमा कसैलाई पनि सम्मानित गरिन्छ । प्रतिभाको कुनै मतलव नै हुँर्दन । संस्थापक–आयोजकहरु पेशेवार छन । निर्णयकर्ता अर्थात जुरी पनि पेशेवार नै छन । यी दुवैथरि मिल्दछन र अवार्ड प्रदान गर्दछन ।
चलचित्र कलाकार संघको फान अवार्ड देखि डि सिने अवार्डसम्म अवार्डहरु सधै नै विवादित रहन्छन । बिना विवाद अवार्ड हुदैन । मनोरन्जनको क्षेत्र एकदमै सानो भएको हाम्रो देशमा यस्तो सानो र भर्खरै विकसित हुन लागेको क्षेत्रमा अवार्ड भनेकै विवाद किन हुन गरेको छ ?
फिल्म समिक्षक मनोज पण्डित भन्छन्, ‘म अर्वाड मा बस्ने जुरीहरुको मुल्याङकन गर्नु उचित ठान्दिन । अवार्ड आफनो मनपर्ने र आफन्तलाई दिनेहरुको नियत नै खराब रहेकोछ । जुरीले कुनै पुर्वाग्रह नराखी सही मूल्याङकन गर्छन कि गर्दैनन् अलग कुरा हो । अव वेला आएको छ अवार्डका जुरीहरुमा संस्थापक–आयोजकको दवाव नमान्ने निष्पक्ष कलाकारहरुलाई राखियो भने उचित हुन्थ्यो कि ?’
चलचित्र निर्देशक केपी पाठकको विचारमा, ‘अहिले हाम्रो देशमा धेरै अवार्डको आवश्यकता नै छैन । अवार्ड पेशागत संघ सस्थाले प्रदानगर्ने कुरा पनि होइन । यहाँ त आयोजक र जुरी कै मान्छेहरुले मात्र अवार्ड पाइरहेका छन् । अवार्ड बिवादरहित पनि छैनन । सँधै निर्णायकहरुको एउटै अनुहारमात्र देखिने हुनाले पनि अहिले अवार्डको खासै महत्व छैन ।’
‘निर्णायक र आयोजकहरुको आफनो कुरा भएको छ अवार्ड’ पत्रकार दिपेन्द्र लामाको विचार थियो । उनले वताए, हामीलाई उनीहरुले दिएको अवार्ड मन नपर्न पनि सक्छ मन पर्न पनि सक्छ । यो उनीहरुको स्वतन्त्रताको कुरा हो । यसमा एउटा सजिलो के भएको छ भने आयोजक र जुरी ले आफना नातेदार आफूले रुचाएकाहरुलाई अवार्ड दिन सक्छन् । किन दिइस भनेर कसैले सोध्ने कुरा पनि त भएन ।’
नेपालमा फिल्म बन्ने क्रम जारी छ । फिल्म हेर्ने दर्शक पनि कम छैनन । तर दर्शकले मन पराएको फिल्म धेरै कम पाइन्छ यहाँ । यस्तो अवस्थामा अवार्ड दिइनु र विवादमा आउनु लाजमर्दो कुरा हो । यसमा त निर्णायकहरुलाई नै लाज लाग्नु पर्ने हो । कतिपय निर्णायकलाई नै थाहा छैन होला वर्षमा कति फिल्म बन्छन् । अवार्ड अहिले पैसा छाप्ने मेशिन जस्तै बनेको छ ।
आयोजक एउटै हुनुमा व्यवसायिक कुराहरु हुन सक्ने बताउदै थिए निर्देशक दिनेश डिसि । उनको विचारमा जुरीमा सँधै एकैप्रकारका मान्छे देखिएकोले पनिे परिणाम नआएको हो भन्छन् उनी । उनको विचारमा यसमा आयोजकको एकदमै ठुलो दोष देखिन्छ ।
हाम्रा अवार्डका निर्णायकहरुले बलिउडबाट सिक्नु पर्ने हो । कस्तो हुन्छ अवार्ड र कसरी गरिन्छ अवार्ड भन्ने कुरा । त्यहाँ निर्णायकमा फिल्म र त्योसंग सम्वन्धराख्ने विशेषज्ञहरु रहन्छन । अवार्डको साख कलाकारहरुको विवेकमा भर पर्दछ । नायक अजय देवगन कहिले निजी अवार्ड समारोहमा देखिदैनन् । नायक अमिर खान पनि अवार्ड समारोहमा एकदमै कम देखिन्छन ।
केही समयअघि कलाकार दिपकराज गिरीले आफनो फेसवुक वालमा लेखेका थिए ‘शिखन्डीलाई महाभारतको जिम्मा दिएपछि त्यहाँँ पाण्डव प्रति अन्याय भयो भनेर कुर्लिनुको कुनै अर्थ हुदैन’ । उनले लेखेका थिए, ‘हामीले वास्तविक अवार्ड दर्शकहरुबाट पाइसकेका छौं ।’
गिरी भन्छन्, ‘यो अवार्डगर्ने भनेको जुरीलाई स्थायी नियुक्ति दिने भनेको हो । सधै तिमीहरु नै बसिराख, मोज गरिराख भनेको हो । फेरी अहिले अवार्ड समारोह पनि कस्तो छ । मा कस्तो अवार्ड पाउने सबै समारोहमा जाने अवार्ड नपाउने कोही पनि नजाने । अहिले अवार्ड फेस्टिवलको रुपमा चलेको छ भन्दा पनि हुन्छ । यसलाई त अझ अवार्ड पाउनेहरुको फेस्टिवल भन्नु पर्दछ ।’
केही दिन अघि मात्र पोखरामा आयोजित एक अवार्ड कार्यक्रममा बिभिन्न कलाकारहरुले बिभिन्न बिधामा अवार्ड पाए । एउटा बिधा अलि अनौठो किसिमको थियो : उत्कृष्ट आइटम नृत्य । यसले निकै चर्चा पाएको थियो । कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईलेसबैलाई खुशी बनाउनका निम्ती अवार्ड आयोजना गर्नु उचित नरहेको बताएका थिए ।
संयोगले यही साता गाइजात्रा परेको छ । नेपाली सिनेमामा अवार्डको गाइजात्राले वास्तविक गाइजात्रालाई माथ गरेको छ । (गोरखापत्र दैनिकबाट)