विश्वकै चर्चित फिल्म अवार्ड ‘ओस्कर अवार्ड’मा नेपाली फिल्म ‘सेतो सुर्य’ छनोट भएको छ। दिपक रौनियारको निर्देशनमा तयार भएको फिल्म ‘सेतो सुर्य’ले ‘विदेशी भाषी’ विधातर्फ नेपालको प्रतिनिधित्व गर्ने छ। भेनिस फिल्म फेस्टिभल इन्टरफिल अवार्ड संगै थुप्रै अवार्ड पाइसकेको फिल्म ‘सेतो सुर्य’मा व्यक्ति-व्यक्ति बिचको फरक राजनितिक बिचार र त्यसले उत्पन्न गराउने घटना समावेश छ।
ओस्कर अवार्डमा जनाको लागि फिल्म ‘सेतो सुर्य’ र ‘बिजुली मेसिन’ले निवेदन दिएका थिए। निवेदन दिएका दुई फिल्मबाट नेपालको लागी ‘सेतो सुर्य’ छनोट भएको हो। मार्च ४ तारिखमा अमेरिकाको लस एन्जेलसको डबली थियटरमा हुने अवार्ड कार्यक्रमलाई ‘द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेस’ले आयोजना गरेको हो। फिल्ममा दयाहाङ राइ, रविन्द्रसिंह बानिया, आशा मंग्रान्ती, दिपक क्षेत्री, देशभक्त खनाल लगायतको अभिनय रहेको छ।