कात्तिक २ गतेबाट प्रदर्शन आउने भनिएको फिल्म ‘ऐश्वर्य’ले आफ्नो रिलिज डेट हेरफेर गरेको छ। रमेश उप्रेतीको निर्माण तथा अभिनय रहेको फिल्मले रिलिज मिति एक साता पछाडि सरेर कार्तिक ९ गते पुर्याएको छ। फिल्मले छठ पर्वलाई लक्षित गरि प्रदर्शन मिति तय गरेको हो। सोमवार फिल्म निर्माता र वितरकसँगको छलफलबाट ‘ऐश्वर्य’को रिलिज मिति एक साता पछाडि सारेको हो।
कत्तिक २ गते नेपाली दुई फिल्म र बलीउडका दुई फिल्म प्रदर्शनमा आउने भए पश्चात फिल्मले प्रदर्शन मिति पछाडी सारेको हो। त्यस दिन नेपाली फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’सँगै बलिउडका दुई फिल्म ‘सेक्रेट सुपरस्टार’ र ‘गोलमाल ४’ प्रदर्शनमा आउने छन्।
फिल्म ‘ऐश्वर्य’को ‘तिमि रोएको पल’ बोलको गीत सार्वजनिक भइसकेको छ। जुन गीतको अहिले खुबै चर्चा छ। दिवाकर भट्टराईले निर्देशन गरेको फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, केशव भट्टराई, निर्मल शर्मा, तेन्जु योन्जन लगायतको अभिनय छ।