प्रियंका कार्की र आर्यन अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बटरफ्लाई’ले आफ्नो रिलिज मिति तय गरेको छ। फिल्मका निर्देशक ओम प्रतिक गुरुङले फिल्म ‘बटरफ्लाई’ पुष २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिएका हुन्।
रमेश प्रजापति कार्यकारी निर्माता रहको यस फिल्ममा पुष्पाञ्जली अधिकारीको लगानी रहेको छ। फिल्ममा सुरेश बज्राचार्यको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन छ। फिल्ममा विकास चौधरी र दिपक शर्माको संगीत रहेको छ।