रोज राणाको निर्देशनमा तयार भएको फिल्म ‘मेरो पैसा खोई’ले आफ्नो रिलिज मिति तय गरेको छ। फिल्मको निर्माता समेत रहेका रोजले फिल्मको रिलिज मिति कत्तिक ९ गतेलाई तय गरिएको जानकारी दिएका हुन्। साथै आगामी साता फिल्मको ट्रेलर र गीत सार्वजनिक गरिने उनले बताए।
त्यसो त कत्तिक ९ गतेबाट नै रमेश उप्रेतीको मुख्य भूमिका रहेको फिल्म ‘ऐश्वर्य’ पनि प्रदर्शनमा आउदै छ। केहि दिन अघि मात्र फिल्म ‘ऐश्वर्य’ले आफ्नो रिलिज मिति कत्तिक ९ गतेलाई तय गरेको थियो। अब भने उक्त मितिमा ‘मेरो पैसा खोई’ र ‘ऐश्वर्य’ जुद्ने पक्का देखिन्छ।
सौगात मल्ल र वर्ष राउतको मुख्य भूमिका रहेको फिल्म ‘मेरो पैसा खोई’मा छुल्ठिम गुरूङ, रविन तामाङ, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतको पनि अभिनय रहेको छ।