नेपाली गायक नारायण बाबु कोइरालाले एक हिन्दि गीतमा आफ्नो आवाज दिएका छन्। गायक नारायण बाबु कोइरालाले हिन्दि गीत ‘दबि दबि’ बोलको भिडियो सार्बजनिक गरिएको छ । नेपालमा रेकर्ड गरिएको उक्त गीतको भिडियो नेपालमा नै निर्माण गरिएको हो । बिपिन रिजालले छायांकन,सम्पादन र निर्देशन गरेको भिडियोमा पियुष कर्ण, अनामिका आनन्द र मनिष कुमारको अभिनय रहेको छ । पियुष कर्ण र मनिष कुमारको शब्द रचना रहेको गीतमा पियुष कर्णकै संगीत रहेको छ ।