सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच आईतबार फिल्मको ट्रेलर रिलिज गरियो । ट्रेलरले फिल्मलाई कमेडी जनरा खुलाएको छ ।
कात्तिक १७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई अर्जुनकुमारले निर्माण गरेका हुन् भने निकेश खड्का निर्देशकमा छन् । ट्रेलरमा सौगात मल्ल, कामेश्वर चौरसिया, प्रियंका कार्की, रविन्द्र झा लगायत हाइलाइट छन् ।
डार्क कमेडी बोलिएको फिल्ममा अतिथी भुमिकामा दयाहाङ राई र बर्षा राउतलाई दर्शकले भेट्नेछन् । ट्रेलरले दुबैको भुमिका सस्पेन्स देखाएको छ । केहि दिन पहिले रिलिज फिल्मको गीत यतिबेला चर्चामा छ ।