मिलन चाम्स निर्देशित फिल्म ‘हेप्पी डेज’को गीत रिलिज भएको छ । युट्युवमा रिलिज गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनः फिचरिङमा छन् । ‘बीर बिक्रम’पछि दया र दीया पुनः एकसाथ देखिएका हुन् ।
सार्वजनिक गीतमा स्वर राजनराज शिवाकोटीको छ भने शब्द संगीत पनि शिवाकोटीको नै हो । यो फिल्ममा दयाहाङ र दीयासँगै सञ्जय गुप्ता, प्रियंका कार्की, विक्की जोशी, जेनिशा लिम्बु लगायत लिड रोलमा छन् । फिल्मलाई लण्डनमा खिचिएको हो तर सार्वजनिक गीत भने नेपालमा छायांकन गरिएको छ ।