७३ औं भेनिस फिल्म फेस्टिभल २०१६ मा दयाहाङ राई अभिनित नेपाली चलचित्र ‘ह्वाइट सन’ प्रिमियर हुने भएको छ । ‘सेतो सूर्य’को अर्थ बोक्ने यो चलचित्र भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुन लागेको चलचित्रका निर्देशक दिपक रौनियारले ट्वीटर मार्फत जानकारी दिएका छन् । गत बर्ष यही फिल्म फेस्टिभलबाट नेपाली चलचित्र कालो पोथीले अवार्ड हात पारेको थियो । निर्देशक रौनियारले चलचित्र ह्वाइट सन भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुन लागेको जानकारी दिँदै चलचित्रको फस्टलुक पनि सार्वजनिक गरेका छन् । ५५ फिचर चलचित्र प्रदर्शन हुने फेस्टिभलमा नेपाली चलचित्र ह्वाइट सन पनि प्रदर्शन हुन लागेको हो । यदी अन्य चलचित्रभन्दा उत्कृष्ट चलचित्र ह्वाइट सन ठहरिएमा चलचित्रले अवार्ड हात पार्नेछ । अगस्ट ११ देखी सुरु हुने फेस्टिभल सेक्टेम्बर १० सम्म चल्नेछ । चलचित्रमा दयाहाङ राइको साथमा देशभक्त खनाल, दिपक क्षेत्री, रविन्द्र बाँनिया, आशा मगरातीको मुख्य भूमिका छ । -सिनेखबर डटकम