काठमाडौं | नायक प्रदीप खड्का स्टारर फिल्म ‘रोज’को ट्रेलर रिलिज भएको छ। बिहिबार काठमाडौंमा एक कार्यक्रमको विच फिल्मको ट्रेलर रिलिज गरिएको हो।
सस्पेन्स थ्रिल फिल्म रोजलाई निरक पौडेलले निर्देशन गरेका हुन्। ‘गोपीकृष्ण मुभिज’ र ‘आरोही इन्टरटेन्मेन्ट’को संयुक्त ब्यानरमा निर्मित फिल्ममा आयरा पौडेल र आरोही केसीको लगानी रहेको छ।
अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रिसव टोट्लानीको कोरियोग्राफी, राजुविक्रम थापाको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ।
भदौ २२ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा ‘रोज’मा प्रदीपसँगै परमिता आरएल राणा र मिरुना मगरको मुख्य भूमिका रहेको छ।
ट्रेलर: