भदौ ३ गतेबाट सुटुक्क छायाँकन सुरु भएको चलचित्र ‘ए मेरो हजुर’ की नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह चलचित्रको एक गीतमा नृत्य गर्दाको तस्बिर सार्वजनिक भएको छ । चलचित्रमा समाबेश एक राष्ट्रियताले भरिएको गीतमा नेवारी ड्रेसमा देखिएकी साम्राज्ञीलाई कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गएको बर्ष अनमोल केसी अभिनित चलचित्र ड्रिम्सबाट डेव्यू गरेकी साम्राज्ञीले चलचित्र ए मेरो हजुरमा महंगो पारिश्रमिक लिएर काम गर्न लागेकी हुन् । झरना थापाले पहिलो पटक निर्देशन गरिरहेको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा साम्राज्ञीले नव-नायक सलिन मान बाँनियासँग रोमान्स गर्नेछिन् । चलचित्रमा अनुभव रेग्मी, बुद्धी तामाङ, सलोन बस्नेत, अनुरागमान सिंह कुँवर, विल्सन बिक्रम राईको पनि अभिनय रहने निर्माणपक्षले जानकारी दिएको छ । प्रेम कथामा आधारित रहेर यो चलचित्र तयार हुने बताइएको छ ।