शुक्रबारबाट बलिउड अभिनेता आषुष्मान खुराना अभिनित नयाँ फिल्म रिलिज भएको छ। ‘तक्लु’को कथामा निर्माण भएको ‘बाला’मा आयुष्मानले आफूलाई चिन्टे अवतारमा प्रस्तुत गरेका छन्।

‘बाला’ले रिलिजको पहिलो दिन नै आक्रमक व्यापार गरेको छ। समिक्षात्मक रुपमा पनि अब्बल सावित भएको यस फिल्मले दुई दिनमा नै २५ करोड ८८ लाख बढिको व्यापार गरेको छ।
पहिलो दिन १० करोड १५ लाख कमाई गरेको यस फिल्मले दोस्रो दिन शनिबार १५ करोड ७३ लाख कमाएको हो। धेरैले यस फिल्म आयुष्मानको करिअरकै सबैभन्दा सफल फिल्म हुने अनुमान गरिरहेका छन्।
समिक्षात्मक रुपमा पनि फिल्म सफल भएका कारण दर्शक बढ्नेमा धेरैको आशा रहेको छ। फिल्मलाई वर्ड अफ माउथले पनि सहयोग गर्नेछ।
अमर कौसिकले निर्देशन गरेको फिल्ममा आयुष्मानसँगै भुमि पेडनेकर, यामी गौतम, सीमा पाहवा, मनोज पाहवा, जावेद जाफरी, सौरव शुक्ला लगायतको अभिनय रहेको छ।