केही समय अगाडि रिलिज भएर भाइरल बनेको ‘फन्टास्टिक’ गीतलाई युट्यूबले हटाइदिएको छ। गीतमाथि प्रतिलिपि अधिकार हनन भएको उजुरी परेपछि यूट्यूबले हटाइदिएको हो। अल्मोडा राना उप्रेतीको स्वर, शब्द तथा संगीतमा रहेको गीतमा मन श्रेष्ठले कम्पोजिसनको आधारमा प्रतिलिपि अधिकार दाबी गरेपछि गीत हटाइएको हो। यूट्यूबमा अहिले सो गीतका कभर भर्सन र अलमोडाको च्यानलबाट अपलोड भएको लिरिकल भर्सन मात्र उपलब्ध छ।