नायक दयाहाङ राई र नायिका प्रियंका कार्की एक पछि अर्को गर्दै विभिन्न चलचित्रमा काम गरिसकेका छन् । उनीहरुको जोडीलाई दर्शकहरुले रुचाउँदै आएपछि निर्देशक मिलन चाम्सले फेरी एकपटक दयाहाङ र प्रियंकालाई दोहोर्याउन लागेका छन् । आफु निर्देशित चलचित्र वीर विक्रम तेस्रो हप्तामा प्रदर्शन भइरहँदा उनले यो निर्णय लिएका हुन् । केही दिन भित्रै चलचित्र ‘ह्याप्पी डेज’ को निर्माण घोषणा गर्ने तयारीमा निर्देशक चाम्सले करिब डेढ महिनापछि यो चलचित्रको छायाँकन सुरु गर्दैछन् । यो चलचित्रको सम्पूर्ण छायांकन लण्डनमा हुने मिलनले बताए । चलचित्रलाई चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिनेछ । वीपी खनाल र नरेश शर्माले चलचित्रमा लगानी गर्दैछन् । चलचित्रबाट विक्की जोशी नव(नायकको रुपमा भित्रन लागेका छन् ।