आगामी फागुन १४ गतेबाट प्रदर्शन हुन लागेको कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । शान्तिश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना छ । कृष्ण भारद्वाजले संगीत दिएका छन् ।
गम्भीर विष्टको नृत्य निर्देशनमा बनेको गीतको भिडियोमा अभिनेत्री माला लिम्बू नृत्य गर्दै प्रस्तुत छिन् । हाटबजारको सेटअपमा खिचिएको भिडियोमा मालाप्रति पुरुष पात्रहरुको आकर्षणलाई देखाइएको छ । मालासहित चलचित्रका मुख्य कलाकारहरु सिताराम कट्टेल, अर्जुन घिमिरे, अर्पण थापा, विजय बराल, सागर लम्साल, हरिष निरौला लगायत गीतमा प्रस्तुत छन् ।
चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, रेणु योगी, कमलमणि नेपाल, सृजना अधिकारी लगायतको पनि अभिनय छ । यसमा नवीन श्रेष्ठ निर्माता तथा राम नरेश शाह र सृजना खड्का सह-निर्मातामा रहेका छन् । त्यस्तै, कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’ हुन् ।