भर्सटायल निर्देशकको रुपमा चिनिएका मिलन चाम्सले प्रेमकथामा आधारित भएर चलचित्र ‘सुम्निमा’ बनाउने भएका छन् । उनले बुधबार एक पोस्टरमार्फत् उक्त चलचित्रको निर्माण घोषणा गरेका हुन् ।
गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बन्न लागेको चलचित्रमा राजीव थापाको लेखन रहेको छ । सन् २०२५ को अगस्टबाट छायांकन सुरु हुने चलचित्रलाई लण्डन र नेपालमा खिचिनेछ । चलचित्रका लागि कलाकार र प्राविधिक छनोट हुन बाँकी छन् ।
मिलनले यसअघि ‘वर एण्ड वधु’, ‘वीर विक्रम’, ‘वीर विक्रम २’, ‘बबी’, ‘ह्याप्पी डेज’, ‘लिलीबिली’ जस्ता प्रेमकथामा आधारित चलचित्र बनाइसकेका छन् । उनको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गते प्रदर्शनमा आउने तयारीमा छ ।